-यसोदा कार्की -रचना
जवानी तिम्रो छल्किएको देख्दा
कहाँली लाग्दो बाटो काटेको पत्तै पाईन्न ।
खै, कस्ले टिपेर शीरमा सजाउने हो
झरिजाने भएपनि आफ्नो बनाउन सकिन ।
यस्तो लाग्छ कि सबिनय अंगालोमा बाँधु
संसारलाई भूलि एकान्तमा एक्लो हुन पाईन्न ।
म मेरो दिल भित्र तिम्रो तस्विर राख्छु
तिमीले आँखा जुधाई हिसाब गर्न पाइन्न ।
सबै फूल सुवासनाले सजिएका हुन्नन्
फूल छानेरै माला लगाएको राम्रो होला ।
आफ्नो बनाउन नसकेको मैले नजानेर
कि अन्तै बाटो मोडेपछि म नआएको होला ।
आशाको दिप बाली लहराउन काशिस गरेपछि
कमजोर सम्झि सोचमा हुरी चलाउन पाईन्न ।
अनमोल मनको वरिपरी सजाउन थालेपछि
यात्रा हो जिन्दगीको किन्तु परन्तु लाउन पाईन्न ।
जवानी तिम्रो छल्किएको देख्दा
कहाँली लाग्दो बाटो काटेको पत्तै पाईन्न । २