समाचार

आफुलाई धर्तिमाता बताउदै युवतीलाई यातना दिने महिला प्रहरी नियन्त्रणमाः उजुरी दिन पिडितलाई प्रहरीको आग्रह

काठमाडौं । विगत केहिदिन यता आफुलाई धर्तिमाता बताउदै युवतीहरुलाई दुःख दिने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा केहिदिन अघि एक युवतीलाई ति महिलले सर्वसाधारणको बीचमै यातना दिएकी थिइन् ।

उक्त घटना पस्चात भिडियोे सामाजिक सञ्जालमा भाइरल भएपछि र्वसाधारणले प्रहरी प्रशासनको चर्काे आलोचना गरेक थिए । त्यस पस्चात प्रहरीले उक्त घटनाको विषयमा अनुसन्धान थालेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । तर प्रहरीले अहिले सम्मपनि ति पीडित युवतिलाई भेटाएको छैन भने, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।