बाग्मती

विकाश संगै विनाश भनेझैं भयो चितवन वासिलाईः पानीको मुहानै सुक्यो

मुग्लिन । पछिल्लो समय विकाशको नाममा ग्रामिण भेगको भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, भनिन्छ नि विकाश संगै विनाश पनि संगै आएको हुन्छ हो यस्तै भएको चितवन वासिलाई । सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ ।

सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना–५ मुग्लिनबजारमा पानीको हाहाकार भएको हो । वर्षात्सँगै खानेपानीको अभाव सिर्जना भएको स्थानीयको भनाई छ । पानीको मुहानलाई असर नपर्ने गरी विकल्प नखोजी सडक निर्माण गर्दा खानेपानी समस्या सिर्जना भएको उनहरु बताउँछन ।

मुग्लिन होटल सङ्घका अध्यक्ष राम पाण्डे पनि मानवजीवनका लागि अत्यावश्यक खानेपानीको मुहानलाई असर नपु¥याउने गरी सडक निर्माण गर्नुपर्ने बताए । उनका मुग्लिन बजारमा अनुसार १०० बढी होटल तथा रेष्टुरेन्ट छन् । केन्द्रीय राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार मुग्लिनमा खानेपानी अभाव हुँदा होटल सञ्चालनमै समस्या आएको उनको भनाइ छ ।

मुग्लिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शेरचनका अनुसार ३०० घरधुरी ग्राहक रहेका छन् । खानेपानी ट्याङ्की क्षमता कम भएका कारण पनि पर्याप्त पानी सञ्चय गर्न नसकिँदा वर्षायाममा अभाव सिर्जना भइरहेको उहाँको भनाइ छ । वडाध्यक्ष मोदराज सिलवाल भने सडक निर्माण आवश्यक रहेको र विकल्प नै नभएकाले यस्तो समस्या आएको बताएका छन ।

अध्यक्ष सिलवालले पानी परेको समयमा मात्र अभाव हुने गरेको बताए । उनका अनुसार पानी पर्दा सडकको हिलो लेदोसहित मुहानमा मिसिने गर्दा समस्या भएको हो । तत्कालका लागि समस्या टार्न विभिन्न विकल्पको खोजी भइरहेको उनले बताएका छन ।

वर्षेनी खानेपानीको मुहान सुक्दै गएपछि चितवनको इच्छाकामना गाउँपालिका–३ का बासिन्दामा खानेपानीको अभाव सिर्जना भएको छ । विसं २०७२ को विनाशकारी भूकम्प र पछिल्लो समय सडक निर्माण र जङ्गल मासिँदै जाँदा हरेक वर्ष मुहान सुक्दै गएकाले वडा नं ३ कुरिनघाट र नर्सिङटारका २०० घरधुरीलाई खानेपानी अभाव भएको स्थानीयले बताएका छन ।