काठमाण्डौ । आज दहीचिउरा खाने दिन, धान दिवशका दिन सातै प्रदेश र केन्द्रीय राजधानी काठमाण्डौमा बिभिन्न राजनीतिक दल, संघसंस्था, किशानहरु, पर्यटकहरुले असार १५ लाई मनाएका छन् ।
कसैले घरमा दहचिउरा खाएर मनाए त कसैले खेतमा गएर धान रोपेर त कसैले हेले दौडमा भाग लिएर असार १५ मनाए । कृषि प्रधान भएकोले नेपालका लागि असार १५ अथवा धान दिवश महत्वपूर्ण रुपमा मनाउदै आईएको छ । यसैबीच हेर्नुस् झापादेखी कञ्चनपुरसम्म असार १५ मनाएका तस्विरहरुः
