खेलकुद

पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रिग्रेड ब्वाइजले गरे उपाधिमाथि कब्जा

काठमाडौँ । ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबल प्रतियोगितामा ब्रिग्रेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको फाइनल खेलमा ब्रिग्रेड ब्वाइजले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसहित ब्रिगे्रड ब्वाइजले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

ब्रिग्रेड ब्वाइजको जीतमा बृजेश चौधरीले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको २३औँ मिनेटमा गोल गरे । उपाधिसँगै ब्रिग्रेड ब्वाइजले रु तीन लाख प्राप्त गर्‍र्यो ।

त्यस्तै उपविजेता बनेको पुलिसले रु एक लाख ५० हजार पायो । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि आर्मीका विशाल सुनारले पाए भने उत्कृष्ट रक्षक पुलिसका विशाल बस्नेत भए ।

उत्कृष्ट मिडफिल्डर ब्रिग्रेड ब्वाइजका शिशिर लेखी, उत्कृष्ट फरवार्ड ब्रिग्रेड ब्वाइजका ब्रिजेश चौधरी तथा उत्कृष्ट प्रशिक्षक ब्रिगे्र ।