अन्तर्राष्ट्रिय

ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ होः प्रधानमन्त्री जोनसन

म्यानचेस्टर । ब्रेक्जिट एउटा ‘बृहद् आर्थिक अवसर’ भएको तर आफ्ना पूर्ववर्ती टरिजा मे ले यसलाई समात्न नसकेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार म्यानचेस्टरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका छन ।

बेलायत यूरोपेली संघ (इयू) बाट बाहिरिनु पर्छ भन्ने पक्षमा सशक्त मतदान भएको म्यानचेस्टर युनाइटेडमा प्रधानमन्त्री जोनसनले नयाँ लगानी र रोजगारीका अवसर ल्याउने प्रतिवद्धता प्रकट गर्दै आफ्नो सरकारले ब्रेक्जिटपछि हुने व्यापार सम्झौताका लागि वार्ताहरूलाई अघि बढाइने बताए । उहाँले ठाउठाउमा स्वतन्त्र बन्दरगाहको स्थापना गरी बेलायती अर्थतन्त्रलाई प्रोत्साहन गर्ने पनि उक्त अवसरमा जानकारी गराएका छन ।

जोनसनले सन् २०१६भन्दा पहिलेको पूरानो नेतृत्वलाई सङ्केत गर्दै भने “बेलायती नागरिकले इयू छोड्ने पक्षमा मतदान गर्दा उनीहरूले मात्रै ब्रसेल्सविरूद्ध मतदान गरेका थिएनन् तर लण्डनका विरूद्ध पनि मतदान गरेका थिए ।”
उनले बेलायती नागरिकले पूरानो परम्परावादी शासन पद्धतिका विरूद्ध पनि मतदान गरेको बताउँदै आफ्नो सरकारले स्थानीय सरकारलाई थप शक्ति दिने, सूचना तथा सञ्चार क्षेत्रलाई प्रोत्साहन गर्ने र यातायातका संरचनालाई विस्तार गर्ने पनि बताए ।

उनले भने “वेस्ट मिनिस्टरका लागि इयूबाट सार्वभौमसत्ता पुनः प्राप्ति गर्ने कुरा मात्रै महत्वपूर्ण होइन । अव हाम्रा शहर, जिल्ला र बजारहरू थप स्वशासित बन्नुपर्छ ।” “इयूबाट बाहिरिनु ‘एउटा बृहद् आर्थिक अवसर हो’ जसले हामीले दशकौँसम्म गर्न अनुमति नपाएका तर मुलुकको हितका लागि सकारात्मक काम गर्ने अवसर मिल्नेछ ।”

ब्रेक्जिट वार्ताको भविष्यबारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, आफूले इयू नेताहरूसँग नयाँ वार्ताका लागि पहल गर्ने र आफ्ना पूर्ववर्ती नेता मेले गरेको सम्झौताको ‘ब्याकस्टप क्लज’ लाई हटाउन आग्रह गर्ने बताएका छन ।
ब्याकस्टप क्लज भनेको ब्रेक्जिट प्रसँगमा बहिर्गमनपछि बेलायती उत्तरी आएरल्याण्ड र इयू सदस्य राष्ट्र, गणतन्त्र आएरल्याण्डबीच सबै बिषयमा स्वतन्त्र आवतजावतको शर्त हो ।