अन्तर्राष्ट्रिय

बर्षाका कारण पहिरोमा परी म्यानमारमा १३ को ज्यान गयो

एजेन्सी । अत्यधिक बषापछि गएकोे पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

त्यसैगरी अरु दशौँ हजार नागरिक बाढी र पहिरोका कारण आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ ।  पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाएप्या कोने गाउँको १६ घरलाई शुक्रबार बिहानै क्षति पुर्याएको जिल्ला प्रशासक म्यो मिन तुनले एएफपीलाई जानकारी दिएका छन ।

मृत अवस्थामा १३ जना भेटिएका छन् अन्य २७ जना घाइते भएकाले अस्पतालमा भर्ना गरिएको उनले बताए । उनका अनुसार घाइतेहरूलाई मोन राज्यको राजधानी मावलम्यीनेमा रहेको अस्पतालमा उपचार गराइएको हो । उद्धारकर्ताहरूको टोलीले बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गरिरहेको छ ।