अन्तर्राष्ट्रिय

विमान दुर्घटनाः सबैजनाको मृत्य भएको प्रहरीद्वारा पुष्टि (अपडेट)

मनिला । आइतबार दिउसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ ।

यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने सात जनाको मृत्यु भएको बताइएको थियो ।

विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ ।