प्रवास

एनआरएन मलेशीयाको अध्यक्षमा भट्टराई, महासचिवमा साप्कोटासहित यस्तो टिम भयो विजयी

क्वालालाम्पूर । एनआरएनए मलेसियाको छैटौ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । कार्यसमिति अध्यक्षमा हरि प्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचिव रन्जित छेत्री, सचिव नेत्र केसी, कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्रजंग शाह, टेक टमटालगायत ३३ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको बताईएको छ ।

सम्पूर्ण टिमलाई अध्यक्ष भजन भट्ट, उपाध्यक्ष कुल आचार्य, कुमार पन्त आदिले हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
निर्वाचन सम्पन्न गर्ने निबर्तमान टिम निर्वाचन मण्डल , केन्द्रका अथिति हरुकाबीच सम्पन्न अधिवेशनले उक्त टिम विजयी भएको हो ।
आगामी आउँदो काठमाण्डौको हायात होटलमा सम्पन्न हुन गईरहेको गैर आवासीय नेपालीहरुको महाधिवेशनका लागि विश्वभर नै गैरआवाशीय नेपालीहरुको अधिवेशन भईरहेको छ ।