मनोरञ्जन

मेलिना र एसबिको आवाजमा लागेन टुङगो गीतको भिडियो सार्वजनिक

 

काठमाडौं । सञ्चारकर्मी एवम् गायक एसबि साउदले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । लागेन टुङ्गो बोलको गीतको भिडियो उनले भर्खरै सार्वजनिक गरेका हुन् । भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यस गीतमा लोकप्रिय गायीका मेलिना राईले उनलाई साथ दिएकी छिन् । साउदको आफ्नै शब्द र संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।

पत्रकारीता र संगीतलाई संसँगै अगाडि बढाउँदै आएका टीकापुरका स्थायीबासी साउँद हाल अनानमरस्थित रेडियो मिर्मिरेमा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनी पाश्र्व गायनमा समेत सक्रिय नयाँ पुस्ताका आशालाग्दा प्रतिभा गायक हुन् ।

गितको भिडीयोः