काठमाण्डौ । चारवटा पर्यटक बोकेका हेलिकप्टेर आपतकालीनज अवतरण गरिएको छ । काभ्रे पुलिसका अनुसार मनाङ, सिम्रिक र कैलास एयरका हेलिकप्टेरबाट पर्यटक बोकेर गईरहेका हेलिकप्टेरहरु पाँचखाल–२ जोरबाटी र हर्सेमा अवतरण गरिएका हुन् ।
दुईवटा मनाङ एयरमा ५÷५ जना, स्रिम्रिकमा ५ जना र कैलास एयरमा २ जना विदेशी पर्यटक सवार थिए । तीनवटा हेलिकप्टेर भने नेपालथोक, सिँधुलीमा अवतरण गरिएको समाचार छ । लुक्लाबाट काठमाण्डौ आईरहेका हेलिकप्टेर कुन कारणले अवतरण गरिएको भन्ने स्पष्ट जानकारी आएके छैन ।