समाचार

कांग्रेस सर्मथक गैरे प्यानलले नेकपा दुई तिहाईलाई पारे सोत्तरः प्यानलै बिजयी

काठमाडौं । दुई तिहाईको नेकपालाई कांग्रेस निकट प्यानललेले वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा धुलो चटाएको छ । मंगलबार सम्पन्न संघको २७ औं सधारण सभा तथा निर्वाचनले नयाँ कार्यसमितिमा निर्वाचित विष्णुप्रसाद गैरे प्यानलले ‘क्लिन स्वीप’ नै गरि नेकपालाई लडाएको हो ।

मंगलबारको चुनावमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका आवद्ध सबै उम्मेदवारीले जितेका हुन् । जसको अध्यक्षमा विष्णु प्रसाद गैरेले भारी मत ३ सय ३० प्राप्त गरि आफ्ना प्रतिद्वन्दी सरोजकुमार पोखरेललाई ४७ मतले छपारदै विजयी भएका हुन् । प्रतिद्न्दी पोखरेलले भने २ सय ८३ मत मात्रै पाएको थिए ।

नेपाली कांग्रेसको समर्थित व्यवसायीहरुको संस्था फोरमबाट गैरे नेतृत्वको लोकतान्त्रिक प्यानल बनाएको थियो भने नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले पनि केहि मधेशीसहितका व्यवसायीहरुलाई साथ लिएर पोखरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको थियो । जस्मा नराम्रो संग हार व्यहोरेको छ ।

यस्तै संघको प्रथम उपाध्यक्षमा हिमारब ओभरसिज प्रा लि का संचालक कमल तामाङ ३ सय ८१ मतका साथ विजयी भए । तामाङले हरिवहादुर पाण्डेलाई १५१ मतान्तरले पछारेको छन् । त्यसैगरी मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मत ल्याएर विजयी भएका छन् । एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा ३६० मत सहित बिजयी भएका छन् ।

महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पछाडि पार्दै बिजयी भएका छन् । श्रेष्ठले यसपटक संघको निर्वाचनमा सबैभन्दा बढी १ सय ६१ मतान्तरले बिजय प्राप्त गरेका छन् । श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिएको तेश्रो पटकमा भने शानदार जीत निकाल्न सफल भए ।

सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन् ।

साथै निवार्चनबाट सदस्यमा त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल , डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई बिजयी भएका छन् ।

विजयी पस्चात आफ्नो मन्तव्य राख्दै संघको अध्यक्षमा निर्वा्चित भएका गैरेले सबै व्यवसायीहरुको हकहीतका लागि संघले काम गर्ने भन्दै आफ्नो समूहलाई नै विजयी गराएकोमा खुशी व्यक्त गरेका थिए । संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले नवनिर्वा्चित गैरे समूहलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कसको मत कति ? यस्तो छः 

अध्यक्षः विष्णुप्रसाद गैरः ३३०
अध्यक्षः सरोज कुमार पोखरेलः २८३

प्रथम उपाध्यक्षः कमल तामाङः ३८१
प्रथम उपाध्यक्षः हरि बहादुर पाण्डे क्षेत्रीः२३०

द्धितिय उपाध्यक्षः कमलदेव मल्लः ३२२
द्वितीय उपाध्यक्षः मुक्तिनाथ अधिकारीः २८७

तृतिय उपाध्यक्षः किशोर कुमार केसीः ३६०
तृतीय उपाध्यक्षः अख्तर हुसेनः २४४

महासचिवः सुजित कुमार श्रेष्ठः३८४
महासचिबः रामचन्द्र गिरी आर।सीः २२३

सचिवः मेघनाथ भुर्तेलः ३३३
सचिबः सन्जु गुरुङः २७३

कोषाध्यक्षः इन्दिरा गुरुङः ३६७
कोषाध्यक्षः तेज माया लिम्बु तेजुः २३७

सदस्यहरुः
कर्णराज कटुवालः ३३६
दिनेश कुमार राय राहुलः ३१२
सुरेन्द्र अर्यालः ३२५
हर्कबहादुर लिम्बुः ३४०
विजय लामाः ३६१
बाबुलाल मगर नरेन्द्रः ३२५
केशवराज न्यौपानेः३०७
छविलाल भट्टराईः ३००
जंगबहादुर इजमः ३३६
लक्ष्मण पौडेलः ३१४

पराजीत सदस्यहरुः

होम प्रसाद तिमल्सिनाः २४७
दलबिर भण्डारीः२५३
ओम बहादुर न्यौपानेः२२८
सरीता घलेः२८४
सोम बहादुर तामाङः२८१
बाबुराम खड्काः२४९
नुर मोहम्मद मियाँः२२९
दोर्जे शेर्पाः२६४
केदारनाथ अधिकारी दिपेन्द्रः२५३
विरेन्द्र कुमार यादबः२२२