समाचार

दशैं तिहारमा ट्राफिक व्यवस्थापन कडा, २४ सै घण्टा चेकिङ हुन्छः प्रमुख ढकाल

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महासाखाले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा नया तरिकाको सुरक्षा व्यवस्था ल्यषएको छ । महासाखा प्रमुख एसएसपी भीम ढकालले दशैं तिहारलाई लक्षीत गर्दै सकेसम्म घटना नै हुन नदिने र भए भने पनि एकदम न्यून गर्नेगरी योजना ल्याएको दाबी गरेका छन् ।

दशैंलाई लक्षीत गर्दै २० लाख मानिसहरु उपत्यका बाहिर जाने अनुमान गर्दै बसपार्क लक्षीत १४ वटा प्रहरी सहायता कक्ष, गाडीमा यान्त्रीक परीक्षण, चालकले मादलक पदार्थ सेवन गरेको छ कि छैन भन्दै ठाँउ ठाँउमा परीक्षण जस्ता कार्यहरु गरेको छ ।

महासाखाले ४३० जना भन्दा बढी सादा पोसाकका प्रहरी खटाएको छ । ५०० भन्दा बढी स्वयम्सेवक खटाएको छ । टिकट खरीद गर्दा युनिफर्म लगाएका व्यक्तीबाट बर्षपकार्क एरियामा मात्र खरीद गर्न पाउने नियम बनाएको छ । सिनियर अफिसरको कमाण्डमा चेकिङ २४ घण्टा नै हुने ट्राफिक प्रहरीको योजना छ ।