समाचार

चाडपर्वको मुखैमा मुलुकमा चोेरी डकैतिको त्रासः गोली प्रहार गरि प्रहरीले समात्यो ४ लुटेरा

जनकपुरधाम । मुलुकमा विभिन्न चाडपर्व नजिकिदै गर्दा विभिन्न चोरी डकैतिका घडनाले यतिबेला सर्वसाधारणलाई त्रसित बनाएको छ । दैनिक जसो लाखौंको धनमाल लगाएत गरगहणा लुटिँदा सर्वसाधारण त्रसित बनेका हुन् ।वर्षाैसाल चाडपर्वको वेला मुलुकमा विभिन्न चोरी, डकैति लगाएत अपराधिक घटना घटिरहेको हुन्छन् ।

यस्ता घटनालाई नियन्त्रण गर्न सरकारले शेना, प्रहरी परिचालन गरेको छ । तै पनि यस्ता क्रिायाकलापमा कुनै कमि आउन सकेको छैन । यसै क्रममा आज एकाबिहानै प्रहरीले गोली प्रहार गरी ४ लुटेरालाई पक्राउन गरेको छ ।

जनकपुरधामा लुटपाटका लागि आएको एक समुहलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको हो । सो क्रममा प्रहरीको गोली लागि एक लुटेरा घाईते भएका छन् । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा चोरी गर्दैगर्दा तिन राउण्ड गोली प्रहार गरी चारजनाको समुहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

 

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा रहेका छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ ।

आज विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए । तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् । साथै प्रहरीको गोली लागि घाईतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।