समाचार

मनाङ एयरले थााल्यो व्यावसायीक उडान

काठमाडौं । मनाङ एयर प्रालिले खरिद गरेको एयर बस हेलिकप्टर फ्रान्समा निर्मित  AS350B3e  (H125  हेलिकप्टर 9N- ANJ ले सोमबादेखी व्यावसायीक उडानको थालनि गरेको छ ।

मनाङ एयर प्रा.ली ले सञ्चालन गर्दै आएको दुई उक्त हेलिकप्टरले २३०० फिटको उचाईसम्म उडान गर्ने जनाईएको छ । दक्ष पाईलट तथा प्राविधिकद्धारा पर्यटकिय, दृष्यावलोकन, तथा उद्दार उडानमा थप भएको र विमानले अझ वढि सेवा लिने आशा गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त विमान प्रलि ले आफ्ना हेलिकप्टरमार्फत स्वदेश तथा विदेशि यात्रुलाई छिटो, छरितो सुरक्षित, भरपर्दाे र विश्वसनीय गर्न दृढ संकल्प लिएको छ । यस्तै आगामि दिनहरुमा पनि यात्रु, ट्राभल्स, ट्रेकिङ एजेन्सी सम्बन्धित सबै क्षेत्रबाट बिगतमा जस्तै सहयागको अपक्षा पनि गरेको छ ।