समाचार

नौबिसे–नागढुंगा सडकखण्डमा आज दिनभर यातायात एकतर्फी सञ्चालनः यात्रुहरु घण्टौं जाममा

काठमाडौं । नौबिसे नागढुंगा सडकखण्डमा फेरी पनि केहिदिन यात्रुले सास्ति भोग्नुपर्ने भएको छ । कहिले सडक विस्तार त कहिले कालो पत्रे गर्नुपर्ने यतिमात्रै नभई वर्षा याममा पहिरो जानेहुँदा समस्या हुने गर्दछ ।

पस्थिममी जिल्लाहरु सोहि बाटो भएर जाने र बैकल्पीक रोड पनि नभएपछि सोहि बाटो सवारीसाधन घण्टौं जाममा परिरहेका हुन्छन् । सडकमा कालोपत्रेको काम भैरहेकाले आज नौबिसे–नागढुंगा सडकखण्डमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको छ ।

धादिङको धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घर सडक खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइने प्रहरीको भनाइ छ । सो सडकखण्डमा एकतर्फी गाडी चलाइँदा घण्टौंसम्म जाममा बस्नु परेको गुनासो सवारी साधन चालक र यात्रुहरुले गरेका छन् ।