काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारी आफ्ना ग्राहकहरुकालागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्नेछन् ।
यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि संचालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधि भएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।
कर बाहेक रु १५ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ शुल्कमा आउने ५०० एमबीको खरिदमाथप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स४४ह्यास डायल गरी वाएनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजीचल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।
चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधाप्रदानगर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्द पुर्याउने विश्वास एनसेलले लिएको छ ।
यस अफरबाट फाइदा लिन फोरजी सिमन भएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजीसिमअर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्कलाग्छ । यस प्रक्रियामार्फत युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनिपाउनेछन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमाप्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स३२४ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सक्छन् ।