पु.समाचार

तरुण दलका भूपेन्द्रजङ्ग्रको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको जिल्ला कार्यसमिति दैलेखका उपसभापति एवं नेपाल तरुण दलका पूर्वजिल्ला अध्यक्ष भूपेन्द्रजङ्ग महतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता महतको बुधबार भारतको दिल्लीस्थित मेडिओर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काङ्ग्रेसको सङ्गठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता महतले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।

साथै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् । सभापति देउवाले नेता महतको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।