समाचार

डा भट्टराईले अध्यक्ष दाहाललाई तापाईलाई ओरिजनल र डुप्लीकेट कुन अवतारले चिन्ने ? भन्दै प्रश्न गरेपछि

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्राईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई कुन अवतारमा चिन्ने ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै डा भट्राईले अध्यक्ष दाहालले दिएको अभिव्यति प्रति टिप्पणी गर्दै तपाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ?  भनेर प्रश्न गरेका छन् ।

उनले अगाडी तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?  भन्दै प्रश्न गरेका छन् । तत्कालीन माओवादीका सुप्रिम कमाण्डर समेत रहेका प्रचण्डले शुक्रबार विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी नभएको प्रतिक्रिया दिएका थिए । उनको सोहि भनाई पछि भट्राईले यस्तो ट्वीट गरेका छन् ।

 

उनको ट्वीटः पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन । आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ? अनि आफुलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ । पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिले सम्म  ?