काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुगंले राज्यकोषबाट नेताहरुले बिशिष्टको सुबिधा लिन्छन् तर गरीब जनताले चाडबाड मनाउदा अहिलेपनि ऐंचोपैंचो र अण गरेर माउनुपर्न त्यो गलत हो भन्दै राजनीतिक ब्यक्रीहरुले समृद्धीको राजमार्ग पहिल्याउन नसकेको बताएका छन् ।
आफूपनि राजनीतिक ब्यक्ती भएकेले समग्रले जिम्मेवारी लिन नसकेको भन्दै नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नम्बर ४ प्रदेश ( ख) द्वारा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । उनले गरिबलाई दशैं, तिहार छठ मनाउन समस्या भएका बेला राज्यले बिशेष ब्यवस्था गर्नुपर्ने संकेत गर्दै चाडबाढ मनाउने ब्यवस्था सबैलाई मिल्नुपर्ने तर्क गरेका छन् ।
उनी भन्छन् ‘गरीब जनताले ऐंचोपैंचो गरेर पर्व मनाउँछन्। तर त्यहि गरीब जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषबाट नेताहरुले विशिष्ट सुविधा भोग गर्ने प्रवृत्ति रहिआएको छ। जसले गर्दा समृद्वीको राजमार्ग पहिल्याउन सकिरहेका छैनौं।’