अन्तर्राष्ट्रिय

मध्यपूर्वमा अमेरिकी हस्तक्षेप रोकिनुपर्छः इरान

एजेन्सी । मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थितिको औचित्य अब सकिएको इरानले दावी गरेको छ । “स्लामिक स्टेट ९आइएस० का नेता अबु बाकर अल–बग्दादीको मृत्युपछि अमेरिका मध्यपूर्वमा रहनुपर्ने औचित्य सकिएको छ,” इरान सरकारका प्रवक्ता अलि रबिईलाई उद्धृत गरी इरानी एक टेलिभिजनले बताएको छ ।

“वासिङ्टनको नीतिका कारण मध्यपूर्वमा ‘आतङ्कवाद’ मौलाउनुको मुख्य कारण हो,” रूविईले भने । उनले भने “अल–बग्दादीका मृत्यु ‘ध्वंसात्मक आतङ्कवाद’ अन्त्य हुने सङ्केत हो तर उनको मृत्युलाई आइइसको जस्तो अतिवादको सिद्धान्तको अन्त्यका रूपमा बुझ्न हुँदैन ।

”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट आइतबार गरेको टेलीभिजन सम्बोधनमा आइएस नेता अल–बग्दादीलाई अमेरिकी सेनाले उत्तरी सिरियामा गरेको कारबाहीमा मृत्यु भएको बताएका थिए ।