एजेन्सी । उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको छ ।
सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको बत्ती पल्टिएर मध्यरात ९२ः३० बजे आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीपछि वरपरबाट घटनास्थलमा पुगेका स्थानीय, सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक अधिकारीले दमकलको सहयोगमा करिब दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएका थिए ।
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । सहायक अग्नी नियन्त्रक जितेन्द्र दासले भने, “घटनाबारे अनुसन्धान सुरू भैसकेको छ । आगलागीबाट भएको क्षति र आगलागीको कारणबारे विस्तृत विवरण अनुसन्धानपछि जानकारी हुनेछ । ।”