अन्तर्राष्ट्रिय

लेबर पार्टी डिसेम्बरमा निर्वाचन गराउन सहमत

एजेन्सी । बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले डिसेम्बरमा निर्वाचन गर्नका लागि प्रधानमन्त्री बोरिस जोनसनले गरेको आह्वान सहमत हुने देखिएको छ । प्रधानमन्त्रीले डिसेम्बरमा निर्वाचन गर्नका लागि पहल थालेको बताइए पनि मिति भने तय गरिएको छैन ।

लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दलले निर्वाचनमा जान तयार हुने सङ्केत गरेका हुन् । ब्रे

क्जिटका लागि थप समयको माग आफ्नो पार्टीको नीति अनुरूप भएको र यसबाट अस्तव्यस्त अवस्थामा मुलुकले बहिर्गमनमा जानुपर्ने अवस्था टरेकोले आफूहरू निर्वाचनमा सहभागी हुने नेता कोर्बिनले बताए ।

बेलायतले अहिलेसम्म अनुभव नगरेको वास्तविक परिवर्तनका लागि हामीले अति महत्वाकांक्षी तथा सुधारवादी अभियानमार्फत् कार्यक्रम सार्वजनिक गर्नेछौँ ।