समाचार

सभामुख महराको बयानः महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको हुँ

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कारको आरोपको अस्वीकार गरेका छन् ।

महराले आज सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बयान दिएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।

यस्तो रहेको छ महराले प्रहरीलाई दिएको वयान

२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६९३०० २०७६र७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ ।

उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ । २०४८ सालमा म सांसदमा निर्वाचित भएपछि निजसँग भेट भएको थिएन । ३ वर्षअघि उनले मलाई भेट गरी म अस्वस्थ छु, मलाई संसद सचिवालयमा काजमा ल्याईदिन पर्योे  भनेकी थिइन् ।

त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच आउने–जाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो । यसै क्रममा मिति २०७६र०६र१२ गतेका दिन अञ्दाजी ३र४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा उनी आई मेरो समायोजन मिलेन, म अन्यायमा परेँ भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै आक्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ ।

तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जानरु, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आवेग र आक्रोशमा अफिसबाट फर्केकी थिइन् । आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ ।

केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।

यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीनजना सुरक्षाकर्मीसहित मिति २०७६र०६र१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०र२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।

घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवासमेत राखेको हुन सक्छ ।

मैले रक्सी बोकेर निजको कोठामा गएको कुरा विल्कुलै निराधार हो । निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।

‘रीस उठेपछि मोबाइल फुटाइदिएँः सीता महरा ९कृष्णबहादुर महराकी पत्नी

२०७६र०६र१३ गते विभिन्न सञ्चार माध्यमहरुमा मेरा श्रीमान कृृष्णबहादुर महराले मिति २०७६र०६र१२ गते‘ निज पीडितको कोठामा गई जबर्जस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेजसमेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रीस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल भएको ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ ।

उक्त मोवाइल फुटाएको भएता पनि सुरक्षित साथ राखेकोमा पछि कोठा सर्ने क्रममा के कता हरायो, थाहा भएन ।