काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज वस्ने भएको छ । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी टुंगो लगाउन पदाधिकारी बैठक बोलाईएको छ ।
आईतबार बोलाईउको बैठकमा तीन पदाधिकारी उपस्थित नभएपछी बैठक मंगलबर आजका लागि सारीएको थियो । छठ मनाउन तराई गएका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा कोषाध्यक्ष सीतादेवी यादव बैठकमा अनुपस्थित थिए ।
मंगलबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसको क्षेत्रीय कार्यसमितिले विधानविपरीत आकांक्षी सबैको सूची केन्द्रमा पठाएका कारण पनि नेताहरूलाई उम्मेदवार चयन गर्न सकस परेको छ । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा १६ जनाले आकांक्षा राखेका छन् ।
विधानमा तीन जनाको नाम मात्रै पठाउनुपर्ने व्यवस्था छ । तोकिएभन्दा बढी नाम पठाएकामा तिहारअघिको केन्द्रीय कार्यसमिति बैठकले सम्बन्धित क्षेत्रीय कार्यसमितिलाई ध्यानाकर्षणपत्रसमेत पठाएको थियो ।
तीन प्रदेशसभा निर्वाचन क्षेत्रका लागि सम्बद्ध जिल्ला कार्यसमितिले भक्तपुरबाट १० जना, दाङबाट ११ जना र बागलुङबाट ४ जनाको नाम सिफारिस गरेका छन् ।