एजेन्सी । स्पेनको क्याटलोनिया क्षेत्रका सरकार प्रमुख क्विम टोराले राष्ट्रिय कानूनको ‘अवज्ञा’ गरेको आरोपमा परेको मुद्दामा सोमबारदेखि सुनुवाई सुरू भएको छ ।
क्याटलोनिया क्षेत्रमा राजनीतिक तनावले जटील रूप लिएका समय सार्वजनिक कार्यालय तथा भवनहरूबाट ‘पृथकतावादी’ चिन्ह्हरू हटाउन केन्द्र सरकारबाट गरिएको आग्रहलाई ‘अवज्ञा’ गरेको आरोपमा मुद्दा परेको थियो ।
स्पेनी अभियोजनकर्ताहरूले टोरा आगामी २० महिना सार्वजनिक पदमा रहन अयोग्य घोषणा हुनुपर्ने बताउँदै उनलाई आर्थिकरूपमा समृद्ध स्पेनको बार्सिलोना क्षेत्रको सरकार प्रमुख रहन असम्भव भएको जिकिर गरेका छन् ।
स्पेनको सर्वोच्च अदालतले सन् २०१९ को अक्टोबर १४ मा क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने र स्वतन्त्रता अभियान सञ्चालन गरेको अभियोगमा नौ क्याटलोनियाली नेताहरूलाई लामो जेल सजाय तोकेपछि टोराविरूद्ध परेको मुद्दामाथि सुनुवाई सुरू भएको हो ।
क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र बनाउने नाममा उक्त क्षेत्र आक्रामक विरोध कार्यक्रम र हिंसात्मक गतिविधि चलिरहेका समय अदालतले पछिल्लो कदम चालेको हो ।
जनमत सङ्ग्रहबाट क्याटलोनियालाई स्वतन्त्र बनाउने पक्षमा बहुमत आएपछि तत्कालिन सरकार तथा संसदले सन् २०१७ मा उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । तर पछि क्याटलोनियालाई केन्द्र सरकारले प्रत्यक्ष शासन पुनः निर्वाचन गरिएको थियो ।
क्षेत्रिय नेताहरू जेलमा वा निर्वासनमा रहेका समयमा समेत क्याटलोनियालीहरूले पुनः स्वतन्त्रता पक्षधर दललाई नेतृत्वमा पठाएको थियो । टोराले अप्रिलमा स्पेनभर भएको संसदीय निर्वाचनमा संस्थागत तटस्थता प्रदर्शन गर्न नसकेको आरोप लागेको थियो ।