काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले लोकतन्त्रमा महिलामाथि हुने कुनै पनि विभेद सहनशिल नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै देउवाले यस्तो बताएका छन् । साथै आफ्नो पार्टी महिला माथि हुने सबै विभेद र हिंसाको विरोध गर्ने र यसको अन्त्यको लागि आवस्यक सबै पहल गर्न नेतृत्वदायि भूमिका खेल्न तयार रहेको उल्लेख गरेका छन् ।
उनले सबैले महिलामाथि हुने हिंसा र विभेद अन्त्यको पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् । विश्वभरी मनाइएको महिला विरुद्धको हिंसाको १६ दिने अभियानको समापनको दिन आज कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रका विज्ञ सहभागि गराएर महिला हिंसाका विभिन्न पक्षका बारेमा छलफल गरेको छ ।
उनको स्टाटसः विश्वभरी मनाइएको महिला विरुद्धको हिंसाको १६ दिने अभियानको समापनको दिन मंगलबार कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रका विज्ञ सहभागि गराएर महिला हिंसाका विभिन्न पक्षका बारेमा छलफल गरेको छ। कांग्रेस महिला माथि हुने सबै विभेद र हिंसाको विरोध गर्छ र यसको अन्त्यको लागि आवस्यक सबै पहल गर्न नेतृत्वदायि भूमिका खेल्नेछ। लोकतन्त्रमा महिलामाथि हुने कुनै पनि विभेदमा सहनशिलता हुदैन। सबैले महिलामाथि हुने हिंसा र विभेद अन्त्यको पहल गरौ।