राजनीति

नेकपालाई संग्रौलाको ब्यंग्यः सुनदेखि माटोसम्म नछोड्नेले पार्टीलाई साम्यवादतिर लैजान्छु भन्नु क्रूर ठट्टा

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सत्तारुढ नेकपाका नेता विष्णु पौडेलले पार्टीलाई अब साम्यवादतिर लाने प्रस्ताव गरेको प्रति आस्चर्य प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सुनदेखि माटोसम्म खाएर धन सञ्चय र विलास गर्नु पार्टीको लक्ष्य र नेताहरूको जीवनशैली बनेको बताएका छन् ।

साथै यस्तो अवस्थामा पार्टीलाई साम्यवादतिर लाने उदात्त आदर्शप्रति यो भन्दा अरु क्रूर ठट्टा अरू के हुनसक्छ भन्दै ब्यग्य गरेका छन् ।

 

उनको ट्वीटरः नेकपा डबलका त्यगी कमरेड विष्णु पौडेलले पार्टीलाई अब साम्यवादतिर लाने प्रस्ताव गरेछन् । सुनदेखि माटोसम्म खाएर धन सञ्चय र विलास गर्नु पार्टीको लक्ष्य र नेताहरूको जीवनशैली बनेको छ। तैपनि पार्टीलाई साम्यवादतिर लानेरु उदात्त आदर्शप्रति योभन्दा क्रूर ठट्टा अरू के हुनसक्छ, मान्यवर ?