काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले ०१७ सालमा अपहरणमा परेको लोकतन्त्र पटक पटक फिर्ता भएपनि लोककल्याणकारी शासन व्यवस्था अहिले सम्म राजनीतिक नेतृत्वमका भएको भ्रष्ट प्रवृतिका कारण फिर्ता गर्न नसकेको बताएका छन् । नेता गुरुङले आज पौष १ गते राजा महेन्द्रले निर्बाचित प्रधानमन्त्री वीपी कोईरालालाई अपदस्थ गरी प्रजातन्त्र अपहरण गरेको घटनालाई स्मरण गर्दै उक्त कुरा बताएका हुन् । उनले ०६२/६३ सालमा गणतन्त्र आएको, ०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना भएको भएपनि भ्रष्ट प्रवृतिका कारण जनताका लागि कल्याणकारी शासन अहिलेसम्म स्थापना हुन नसकेको दाबी नेता गुरुङले गरेका हुन् ।
उनले भनेका छन्, ‘पुस १ः
२०१७ साल पुस १ गते प्रजातन्त्रसँगै लोककल्याणकारी शासनको अपहरण। ०४६सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनस्थापना। ०६१ मा प्रजातन्त्र पुनअपहरण भएपछि ०६२/६३को जनआन्दोलनबाट गणतन्त्र स्थापना। तर ०१७सालमा अपहरित लोककल्याणकारी शासन आजसम्म पुनस्थापना गर्न सकेनौं। कारण भ्रष्ट प्रबृत्ति।’