समाचार

भ्रष्टाचार अभियाेगमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं  । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् ।
विवादित जग्गामा अनियमितता गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे अख्तियार प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज(मंगलबार) अपरान्ह कार्यालयबाटै पक्राउ गरेको हो ।