आर्थिक

चिनियाँ राजदुतावासद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

काठमाण्डौ । नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदुतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप २३ वटा (५६ लाख ३२ हजार ७ सय रूपैया) मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदुतावासका  First Secretary Wang Xiao Long ले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् । सो अवसरमा चिनियाँ दुतावासका First Secretary Mr.Wang Xiao Long ले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र CCTV कक्षको अवलोकन भ्रमण समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे] । उपलब्ध भएका २३ वटा मोटरसाईकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए ।

चिनिया राजदुतावासका प्रतिनिधि ँप्रतिनिधि First Secretary Mr.Wang Xiao Long ले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चिनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको विचार व्यक्त गरे ।

उक्त सहयोगले काठमाडौं उपत्यकाका अत्याधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।