वीरगन्ज । मोदीयाविन्दु रोग निर्मूल पर्ने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ । पर्सा जिल्लामा रहेका आखाँ रोगिको निःशुल्क उपचार शिविर अभियानैकैलाई वीरगन्ज महानगरपालिकाले शुरु गरेको हो । मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानिय तहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतिविन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै नि:शुल्क उपचार कार्यक्रमलाई अगाडि बढाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोदीयाविन्दु रोगका बिरामी फेला परेको महानगरपालिकाले जनाएको छ । फेला परेका बिरामीहरुमध्ये पाँच सय ३६ जनाको मंगलबारसम्म फेको पद्यतिबाट आँखा शल्यक्रिया सम्पन्न भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । उनले पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्मा ल्याउने देखी औषधी उपचार पछि घर सम्म नि:शुल्क पुर्याउने समेत व्यवस्था मिलाइएको छ ।
बाँकी रहेका बिरामीहरुको एक साता भित्र शल्यक्रिया पुरा हुने आयोजकले जनाएका छन् । जिल्लामा तीन हजार भन्दा बढी मोदीयाविन्दुका रोगि रहेको र त्यसकालागि पूनः दोश्रो चरणमा एक हजार मोदीयाविन्दुको अपरेशन शिविर चलाउने नगर प्रमुख सरावगीले जानकारी गराए । उनले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा लगायत पर्साको ठोरी गाउपालिका, बहोदरामाई नगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका लागयतका स्थानिय तहका वासिन्दाहरुले निःशुल्क पाएको बताए ।