काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल वैसाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि रु. ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक श्री कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बिच हस्तान्तरण गरे । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथाकृष्ण मन्दिर पुनर्निर्माण गर्न रु. १ करोड प्रदान गरेको थियो ।