मनोरञ्जन

मिसेस एण्ड मिस गुरुङ- २०२० को अडिसन पौष ४ गते हुँदै

काठमाडौँ । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एवम् रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदिबहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ (२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।

नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा स्थापित गर्दै एस.के. इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ (२०२०” आयोजना गर्दै आएको छ । विगत २ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रालिले “मिसेस एण्ड मिस गुरुङ (२०२०” को अडिसन यहि आउदो पौष ४ गते शुक्रबार स्काई पार्टी प्यालेस सामाखुशी काठमाण्डौमा दिउँसो १:०० बजे देखि गर्ने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन ।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन् ।

यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारि, युवा युवतीहरुबीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छिन् । इच्छुक प्रतियोगीहरुले एस.के. इन्टरटेनमेन्ट प्रालिको कार्यलय बालुवाटार काठमाडौँबाट फर्म लिएर भाग लिन सकिने छ