काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ % सम्म र विजनेश क्लासमा १० % सम्मको छुट पाउने व्यवस्था गरिएको छ । साथै उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादाँ थप १० के.जी सम्म सामान लान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौंस्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नु पर्नेछ ।
सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची (Abdullha Tuncer Kececi) र सनराइज बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।