बझाङ । बझाङमा जडीबुटी संकलन गर्न गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ । सुर्मा गाँउपालिका–१ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलन गर्न हिँडेका दुवै जनाको हिउँमा पुरिएर मृत्यु भएको उनले बताए ।
जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बमले जानकारी दिए ।
दुवै जनाको चिसाेले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।