पु.समाचार

१० करोड मूल्य बराबरको कोकिन सहित बोलिभियन नागरिक पक्राउ

काठमाडौ । प्रहरीले अवैध लागू औषध कोकिन सहित मंगलबार एक ४१ वर्षीय विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

तीन केजी कोकिन सहित राहदानी नम्बर सी ई २८०७२ भएकी बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन् ।

‘हामीले विशेष सुचनाका आधारमा नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान भइरहेको छ,’ व्यूरोका एसपी वीरेन्द्र बस्यालले भने ।

उनको सुटकेशभित्र उक्त परिमाणको लागू औषध फेला पारेको थियो । प्रहरीले बरामद गरेको कोकिनको अन्तराष्ट्रिय मूल्य १० करोड भन्दा बढी हुन आउँछ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।