अन्तर्राष्ट्रिय

गाँजा उत्पादनलाई दुरूपयोग नगर्न जाम्भियाली राष्ट्रपतिको आग्रह

एजेन्सी । जाम्भियाका राष्ट्रपति एडगार लुङ्गुले हालै वैधता दिइएको गाँजा खेती अर्थतन्त्र सुधार र औषधीजन्य उपयोगका लागि भएको मङ्गलबार बताएका छन् ।

उनले गाँजा खेती, प्रशोधन र आपूर्तिलाई राज्यले वैधता प्रदान गरेको तर यसको दुब्र्यसनलाई भने वैधता नदिइएको बताए ।

लुङ्गुले राज्य सञ्चालित टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण भएको एक कार्यक्रममा भने, “गाँजा खेतीलाई सरकारले वैधता दिएको छ तर यसको धुम्रपान वा अन्य दुब्र्यसनलाई राज्यले अझै अपराध मान्ने र दुब्र्यसन गरेको पाइएमा कानून अनुसार कडा सजाय हुनेछ ।”

उनले थपे, “सरकारले स्वास्थ्य मन्त्रालयमार्फत् गाँजाको उत्पादनलाई सही प्रयोजनका लागि प्रोत्साहन गर्नेछ किनकी राज्यले यसको आपूर्ति गरेर ठूलो लाभ लिन सक्छ ।

गाँजा औषधीका लागि प्रयोग गरिने भएकाले यसको माग विश्व बजारमा व्यापक रहेकोले यसको व्यवसायिक खेती र आपूर्तिबाट जाम्भियाको अर्थतन्त्र सुधारमा उल्लेख्य टेवा पुग्नेछ ।”