काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सरकारको पहिलो काम देशरको रक्षा रहेको बताएका छन् सामाजिक सञ्जाल ट्वीटरमाफर्त नेता भण्डारीले यस्तो उल्लेख गरेका छन् ।
साथै देशको सुरक्षाको लागी जनतालाई आर्थिक रुपले सम्पन्न र सम्पन्नका लागि कामकाजी शिक्षा र शिक्षाका माध्यामबाट युवालाई देश भक्ति बनाउनुपर्नेमा जोड दिएका छन् ।
र मुलुकमा सबै को अभाव रहेको तर लामो समय सम्म जेल नेल खेपेका, राष्ट्रिय अन्तराष्ट्रिय अनुभव प्राप्त नेताहरु मुलुकको रहेको भनले आफनो ट्वीटरमा उल्लेख गरेका छन् ।
उनको ट्वीटरः सरकारको पहिलो काम देशको सुरक्षा हो । देशको सुरक्षाको लागी जनतालाई आर्थिक रुपले सम्पन्न, सम्पन्नका लागि कामकाजी शिक्षा र शिक्षाका माध्यामबाट युवालाई देश भक्ति बनाउनु पर्दछ । यी सबै को अभावछ । तर हामी संग लामो समय सम्म जेल नेल खेपेका, राष्ट्रिय अन्तराष्ट्रिय अनुभव प्राप्त नेताहरु छन !!!