राजनीति

सत्ताको आडमा मुलुकमा लुटतन्त्र मच्चाउने संग जनताले एक दिन हिसाब–किताब लिनेछन्ः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्ताको आडमा मुलुकमा लुटतन्त्र मच्याउने संग जनताले एकदिन हिसाब–किताब गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अहिले सरकारको संरक्षणमा लुकेर बसेकालाई एकदिन जनताले कानुनको कठघरामा ल्याउने बताएका उल्लेख गरेका छन्  ।

अध्यक्ष थापाले एनसेल करछली, वाईडबडी जहाज काण्ड, सुनतस्करी, सार्वजनिक जग्गा अतिक्रमण, नेपाल ट्रष्टको सम्पति लुट, मेलम्ची काण्ड, लडाकु भत्ता लुट जस्ता भ्रष्टाचार अहिले सत्ता र शक्तिको बलमा जति लुकाउन खोजेपनि एक दिन अवश्य बाहीर आउने बताए ।

साथै त्सबलेला जनताले त्यसको हिसाब लिने र लुटेराहरुलाई कानुनको कठघरामा उभ्याउने उल्लेख गरेका छन् ।

 

उनको ट्वीटरः एनसेल करछली,वाईडबडी जहाज काण्ड,सुनतस्करी,सार्वजनिक जग्गा अतिक्रमण,नेपाल ट्रष्टको सम्पति लुट,मेलम्ची काण्ड,लडाकु भत्ता लुट जस्ता भ्रष्टाचार अहिले सत्ता र शक्तिको बलमा जति लुकाउन खोजेपनि एक दिन अवश्य आउने छ,जब जनताले त्यसको हिसाब लिनेछन् र लुटेराहरुलाई कानुनको कठघरामा उभ्याउने छन्