पर्यटन/संस्कृति

एक्कासी गृहमन्त्री थापा किन पुगे त्रिभुवन विमानस्थल ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा विमानस्थलको अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनले आज(बुधबार) विमानस्थल र विमानस्थलको अध्यागमन कार्यालयको अनुगमन गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिएसँगै  अध्यागमन गरि कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा विमानस्थल पुगेका हुन् । उनले यात्रुहरूको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सीसीटीभी मोनिटरिङ कक्षलगायतको निरीक्षण गरे ।

अनुगमनपश्चात उनले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भए पनि अहिलेको अवस्था अपर्याप्त रहेको भन्दै थप गुणात्मक सुधार गर्न निर्देशन दिएको स्रोतले बतायो ।

गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सुरक्षा निकायका उच्च अधिकारीहरूसमेत विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अनुगमनमा  पुगे गृहमन्त्री थापा

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजनाअनुसार अहिले अध्यागमनमा नेपालले आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य तथा नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।