काठमाडौँ । विगत ६ दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज(बुधबार) पनि फेरि बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि नेपाली कांग्रेसले आजको दिन तोकेको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित गरिएका जानकारी दिए । उनका अनुसार आगामी बैठक पुस ४ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।