मनोरञ्जन

पुष १२ गते “द” विन्टर फेस्ट २०१९ सिजन-२ हुँदै

काठमाडौ । विगत लामो समयदेखि युवायुवतिहरूमा लुकेर रहेको प्रतिभाहरु लाइ फेसन शो मार्फत उजागर गर्दै आइरहेको एस एल एण्ड एन मोडेल अजेनसीले यहिँ आउदो पुस १२ गते शनिबारक़ा दिन स्वदेशमै बनेका चिसो याम मा लगाउने पहिरनहरू को प्रवद्धन र विकाशका साथै अंग्रेजी नयाँ वर्ष २०२० को स्वागत गर्दै गर्न लागेको दू विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम को तयारी तीव्र गति मा भइरहेको छ ।

पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु विवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि एस एल एंड एन मोडेल अजेनसीले (जनकपुर, बर्दिबास, मिर्चैया, लहान, बनेपा र काठमाडौँ )मा दिइसकेका छन् ।

डिसेम्बर २८ मा काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा  ५ औं तल्लाको राज घरानामा गर्ने जानकारी दिँदै आउँदो १० जनवरी २०२० मा भैरहवा र १४ फेब्रुअरी २०२०  मा जनकपुर मा आफ्नो तेस्रो संस्करण गर्ने  जनाकारी दिए ।

उक्त कार्यक्रममा नेपाली लोकप्रिय गायक धिरज राई, गायक कमल खत्री,  नेपाल आइडलबाट ख्याती कमाएका  अमित बराल  र भोइस अफ नेपालबाट क्याटी कमाएका रीत राना मगरको बेजोड प्रस्तुति रहने छ । तेञ्जिङ्ग लामा र मोडेल रशु हमालको नृत्य प्रस्तुतिको साथै नायक यश राजको प्रस्तुति रहने  आयोजक नितिन कर्ण (कायस्थ)ले जानकारी दिए।

उक्त कार्यक्रमको टिकेट बूकिंग खुल्ला गरि सकिएको छ । कार्यक्रमको टिकेट रु. १००० रहेको छ । यस कार्यक्रमको उद्घोषण (मिस शेर्पा २०१८ )सोनाम डोल्माले गर्नेछन् ।