पु.समाचार

राष्ट्रियसभा चुनाव नजिकिएसँगै ‘नेकपा र राजपा’ पनि नजिकिए..

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने  भएका छन् ।

आज(बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट गरेको हो ।नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएअनुसार  चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको छ ।

नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल साथै राजपाको संयोजक राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्  ।