एजेन्सी । सस्तो र सुविधाजनक भएको कारण प्लास्टिक आज मानव जीवनको एउटा अभिन्न अंग बनेको छ। प्लास्टिकको तीव्र प्रयोग र यसले वातावरणमा पर्ने प्रभाव विश्वभर चिन्ताको विषय हो । बाटो, अफिस, घर, नदि, समुन्द्रको किनार लगायतका स्थानमा प्लास्टिकका बोतल, कप, कभर, झोला लगायतका बस्तुहरु जथाभावी फालिरहेका छौं ।
प्लास्टिकको उत्पादनको इतिहास ६९ वर्षभन्दा लामो छैन । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार सन् १९५० मा प्लास्टिकको व्यवसायिक उत्पादन थालिएयता विश्वमा कुल ८ दशमल ३ अर्ब टन प्लास्टिकका विभिन्न सामाग्री बनाइसकिएको छ। जसमध्ये मुस्किलले ९ प्रतिशत प्लासिक पुन: प्रयोगमा आइरहेको छ ।
प्लास्टिकको कारण मानिस मात्र होइन जीवजन्तु, र वनस्पतिमा समेत नकारात्मक प्रभाव परेको छ । यस्तोमा केहि व्यक्ति, समूह र संगठनहरू प्लास्टिकको प्रयोग कम गर्नको लागि विभिन्न जनचेतनामुलक कार्यकम, गोष्ठी एवम् सफाई अभियानहरू पनि सन्चालन गर्दै आइरहेका छन् ।
यस्तैमा केहि क्याफे, पसलहरूले पनि तादरुकता देखाएका छन् । जहाँ प्लास्टिकको बदलामा सित्तैमा खाना खुवाउने अभियान शुरु गरिएको छ । कनक न्युजको अनुसार भारतको ओडिशाको एक क्याफेमा यस्तै प्रकारको अभियान शुरु गरिएको छ । संयुक्त राज्य विकास कार्यक्रम (यूएनडीपी)को साथमा मिलेर राज्य सरकारको आहार योजना अन्तर्गत प्लास्टिकको बदलामा खाना खुवाउने योजना शुरु गरिएको छ । यो योजना निहित भुवनेश्वरमा राज्यद्वारा सञ्चालित सबै आहार केन्द्रमा यस योजना शुरु गरिएको हो ।
बीएमसी आयुक्त प्रेम चन्द्र चौधरीले भने,” यो एउटा प्लास्टिक संकलन अभियान हो जहाँ हामी उनीहरूको खाद्य सुरक्षाको व्यवस्था गर्छौं । धेरै व्यक्तिहरू प्लास्टिक जम्मा गरिरहेका छन्, तर त्यो भन्दा धेरै व्यक्तिहरू प्लास्टिक मनलाग्दीसम्म फ्याकिरहेका छन् । यसैले हामीले सोच्यौं कि यो प्लास्टिकको फोहोर जम्मा गर्नको लागि उपयुक्त विकल्प के हुन् सक्छ, र यो हामीलाई निको लाग्यो ।”
Odisha: Bhubaneswar Municipal Corporation (BMC) in collaboration with NGOs has rolled out an initiative “Meal for Plastic” under State government’s Ahar Yojana. Prem Chandra Chaudhary, BMC Commissioner says,”This is kind of a plastic collection campaign, plus food security.”