काठमाडौं। सिभिल बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. काकर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।
सिभिल बैंकले आधुनि कप्रविधियुक्त बैंकिङ्ग सेवातथा सुविधामा विशेष ध्यान दिँदै दक्ष जनशक्तिद्वारा ग्राहक सेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचत कर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ट रकमको ला भपाउने एन्यूटी डिपोजिट निक्षेप योजनाल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ८० पुगेको छ ।