अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओमा

एजेन्सी, चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुगेका छन् । बुधबार चिनफिङ अपराह्न मकाओ पुगेको समाचारमा जनाइएको छ । चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य परिषदको अध्यक्ष छन् ।

चिनफिङ मकाओ चीनलाई हस्तान्तरण गरिएको २० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने अनुमान गरिएको छ । यसका साथै उसले मकाओको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । तर यस कार्यक्रमको बारेमा विस्तृत विवरण भने दिइएको छैन ।