सामाजिक सञ्जाल

खगेन्द्र संग्रौलाको व्यंग्यः हैट राष्ट्रवादीओली राजमा पनि पुलिस र सेना बिदेशीकै भिखारी हुनुपर्ने !

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले समाचारका हेडलाइनमा विदेशिको सहायताको चर्चाभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत संग्रौलाले चीनले नेपाली पुलिसलाई मोटसाइकल दियो, अमेरिकाले नेपाली सेनालाई स्काइ ट्रक दियो भन्ने समाचार आएको भन्दै नेपाली पुलिस र सेनाले नेपाल र नेपालीको सेवा गर्ने हुन् कि चीन र अमेरिकाको गुलामी गर्ने हुन् ?  भन्दै प्रश्न गरेका छन् ।

साथै उनले राष्ट्रवादी ओली राजमा पनि नेपाली पुलिस र सेना बिदेशीकै भिखारी हुनुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

 

उनको ट्वीटः समाचारका हेडलाइनस् चीनले नेपाली पुलिसलाई मोटसाइकल दियो,अमेरिकाले नेपाली सेनालाई स्काइ ट्रक दियो । भनेसि नेपाली पुलिस र सेनाले नेपाल र नेपालीको सेवा गर्ने हुन् कि चीन र अमेरिकाको गुलामी गर्ने हुन राष्ट्रवादी ओली राजमा पनि नेपाली पुलिस र सेना बिदेशीकै भिखारी हुनुपर्ने हैट् !