उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार व्यक्तिको ज्यान गएको छ । तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको हो भने थप ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएअनुसार भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राईको अवस्था गम्भिर रहेको छ ।