पु.समाचार

मिर्गौला डाइलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार मिर्गौला डाइलासिसका लागि बिहीबार दिउँसो उनी त्यहाँ पुगेका हुन् ।

१२ वर्षअघि भारतको एपोलो अस्तालमा मिगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि निरन्तर रुपमा डायलासिस गराउँदै आएका छन्। मिर्गौला नफेरेसम्म यो प्रक्रिया निरन्तर गर्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।